GO TO HOME

नेपालै नरहे (कविता)

यो कविता कवि माधव घिमिरेद्वारा लिखत गिती कविता हो ।

  नेपाली हामी रहौँला कहाँ नेपालै नरहे
उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे
  तराई हाम्रो सुनको टुक्रा हिमाल हिराको
    माटो र पानी पहिलो धन धर्तीका छोराको
  ए कहाँबाट हेरौँला संसार सन्झ्यालै नरहे
    नेपाली हामी रहौँला कहाँ नेपालै नरहे

  दसैँ र तिहार रमाइला हाम्रा चुड्का र ख्यालीले
  हिर्दय हाम्रो जुर्मुराउँछ जितको झ्यालीले
  बैँसको तालमा नाचौँला कहाँ मादलै नरहे
  नेपाली हामी रहौँला कहाँ नेपालै नरहे

  आकाश छुने टाकुरा हाम्रो भेटेर भेटिन्न
  पौरखी हाम्रा पुर्खाको पाइला मेटेर मेटिन्न
  बिम्झौँला कहाँ पुर्वको पैलो उज्यालै नरहे
  नेपाली हामी रहौँला कहाँ नेपालै नरहे  



झ्याउरे लयमा रचना गरिएको यस ‘नेपालै नरहे’ कविता राष्ट्र कवि माधवप्रसाद  घिमिरेको उच्चस्त्रवादि  स्वर घन्किएको कविता हो l नेपाली माटो, नेपाली प्रकृति,  विरता, संस्कृति जस्ता  विषय माथि प्रकाश पार्दै  नेपाल र नेपालीको परिचय  कवितामा प्रस्तुत गरिएको  छ l हिमालको काखमा अवस्थित यस सुन्दर आकर्षक देश नेपाललाई आर्थिक सामाजिक उन्नतिले सजाउनु पर्ने संदेश कवितामा भेटिन्छ l तराईको  उर्वरता, हिमालको स्वच्छता, नेपालीको मौलिकता, नेपाली र नेपालको चिनारी भनि नेपाललाई संसारकै सर्वोत्क्रिस्ट र सर्वोच्च भूमिको रुपमा कविले प्रस्तुत गरेका छन् l

नेपाली संस्कृति, परम्परा, चाडपर्व, भाकामा नेपाली रम्ने राष्ट्रिय भlब ब्यक्त गर्दै हाम्रा पुर्खाको बलिदान, समर्पण, त्याग युग्युगंतर सम्म रहिरहने कवितामा भनिएको छ l चेतना, शिक्षा,सभ्यता धर्तीमा पुर्व बाट सुरु भएकोले र हामी पूर्वका बासिन्दा हुनाले गौरवको अनुभव कवितामा प्रस्तुत भएको छ l राष्ट्र को चिनारी अस्तित्व भए मात्र देशबासी परिचित हुने भावलाइ प्रस्तुत गरिएको छ l देशको भूगोलमा रहेको स्थानको आ आफ्नै महत्व हुने कुरा लाई प्रस्तुत गर्न कबि ले तराई लाइ सुन र हिमाललाइ  हिरा संग तुलना गर्दै राष्ट्र प्रति को सम्मान भाव व्यक्त गरेका छन् l

No comments:

Post a Comment